Logo

बङ्गलादेशसँगको टी–२० शृङ्खला भारतले एक खेल अगावै जित्याे



काठमाडौं, २४ असोज । भारतले बङ्गलादेशसँगको टी–२० शृङ्खला एक खेल अगावै जितेको छ । दोश्रो टी–२० मा घरेलु टोली भारतले बङ्गलादेशलाई ८६ रनले हरायो । भारतले दिएको दुई सय २२ रनको लक्ष्य पछ्याएको बङ्गलादेशले बीचमा पानी परेपछि नौ विकेट गुमाएर एक सय ३५ रन मात्र बनाउन सक्यो ।

बङ्गलादेशका महोम्मद मोबुदुल्लाहले सर्वाधिक ४१ रन बनाए । भारतका नितिश कुमार रेड्डी र मिथुन चक्रवर्तीले समान दुई विकेट लिए । यसअघि दिल्लीमा टस हारेर पहिले व्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर दुई सय २१ रन बनाएको थियो ।

भारतका नितिश कुमार रेड्डीले ७४ र रिन्कु सिंहले ५४ रन बनाए । बङ्गलादेशका रिसद हुसेनले तीन विकेट लिए । यसअघिको पहिलो खेलमा भारतले बङ्गलादेशलाई सात विकेटले हराएको थियो । यी दुईबीचको तेश्रो तथा अन्तिम टी–२० खेल पर्सि शनिवार हैदरावादमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्