Logo

बङ्लादेशमा अक्सिजन प्लान्टमा विस्फोट: ६ जनाको मृत्यु, ३० जनाभन्दा धेरै घाइते



बङ्लादेश, २१ फागुन । बङ्लादेशको दक्षिणपूर्वी सीताकुण्ड क्षेत्रमा एक अक्सिजन प्लान्टमा विस्फोट हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । ३० जनाभन्दा धेरै घाइते भएका छन् ।

उनीहरुलाई अस्पताल भर्ना गरिएको छ । राजधानी ढाकाबाट झण्डै २ सय २० किलोमिटर टाढा सीताकुण्डमा अक्सिजन प्लान्टमा हिजो बेलुका विस्फोट भएको हो ।

यो विस्फोटको आवाज दुई किलोमिटर टाढासम्म सुनिएको प्रत्यक्षदर्शीलाई उद्धृत गरी समाचार संस्था रोयटर्सले जनाएको छ । अग्नि नियन्त्रक टोलीले गएराति नै आगो निभाएका छन् ।

प्रतिक्रिया दिनुहोस्