Logo

बङ्लादेशमा रोहिङ्ग्या शिविरमा भीषण आगलागी: दुई हजारभन्दा धेरै घर जले



बङ्लादेश, २२ फागुन । बङ्लादेशमा रहेको रोहिङ्ग्या शरणार्थी शिविरमा भीषण आगलागी हुँदा १२ हजारभन्दा धेरै मानिस घरबारविहीन बनेका छन् ।

आइतबार भएको आगलागीमा मानिसहरुले भागेर ज्यान बचाउन सफल भए पनि घर र घरभित्र रहेका सामग्री जलेर नष्ट भएका बीबीसीले जनाएको छ ।

बङ्लादेशका शरणार्थी आयुक्त मिजानुर रहमानले शरणार्थीका लागि बनाइएका झण्डै दुई हजार घर जल्दा १२ हजारभन्दा धेरै मानिस घरबारविहीन बनेका बताएका छन् । आगलागीमा ३५ वटा मस्जिद र २१ वटा लर्निङ सेन्टर पनि जलेर खरानी भएका उनले बताए ।

हिजो दिउँसो चार बजेतिर सुरु भएको आगो झण्डै तीन घण्टापछि निभाइएको बङ्लादेशको प्रहरीले जनाएको छ । आगलागीको कारण खुलेको छैन । अहिले शिविरमा पानी लगायतका आधारभूत वस्तुहरुको आपूर्ति समेत जोखिममा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्