Logo

बजार मूल्यवद्धि नियन्त्रण भन्दा बाहिर गइहेको छ: विभाग



काठमाडौँ, १९ असार । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक लिलाप्रसाद शर्माले बजार मूल्यवद्धि नियन्त्रण भन्दा बाहिर गइहेको बताएका छन् ।

शनिवार विभागमा पत्रकार सम्मेलन गर्दै वाणिज्य मन्त्रालयको निर्देशन अनुसार देशभर एकसाथ, एकै समय बजार अनुगमन गरिएको विषयमा जानकारी दिँदै यस्तो बताएका हुन् ।

उनले देशैभर एकसाथ एकै समयमा अनुगमन गर्दा विदेशीबाट नै सामानको मूल्य वृद्धि बढेर आएको देखिएकाले बजारको मूल्यवृद्धि सरकारको नियन्त्रण भन्दा बाहिर रहेको पाइएको बताए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा माननीय मन्त्रीज्यूको उपस्थितिमा उपभोक्ता हक अधिकारको संरक्षण, स्वच्छ बजार प्रबर्द्धन तथा अवाञ्‍छित मूल्य वृद्धि अनुगमन तथा नियन्त्रणको लागि जिम्मेवार तथा उत्तरदायी संघीय सरकार अन्तर्गतका नियामक निकायहरु एवम् संविधान तथा प्रचलित कानून बमोजिम यस्तो जिम्मेवारी पाएका प्रदेश तथा स्थानीय तहहरुको विचमा समन्वय कायम गरि क्रियाशील हुने भन्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्