Logo

बजेटको पक्षमा मतदान गर्न सांसदहरुलाई कांग्रेसको ह्वीप



काठमाडौँ, १२ असार । सत्तारुढ दल नेपाली कांग्रेसले बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ ।

प्रमुख सचेतक रमेश लेखकले सांसदहरूलाई विनियोजन विधेयक निर्णायार्थ प्रस्तुत हुने दिन अनिवार्य उपस्थित हुन तथा पक्षमा मतदान गर्न र तटस्थ नरहन ह्वीप जारी गरेका हुन् ।

भोलि बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक निर्णायार्थ प्रस्तुत गर्ने तयारी भएकाले यसैलाई मध्यनजर गरेर कांग्रेसले ह्वीप जारी गरेको हो ।

आर्थिक वर्ष २०८०/०८१ को बजेटप्रति सत्तारुढ दलकै सांसदहरूले असन्तुष्टि जनाउँदै आएका छन् । सत्तारुढ दलका शीर्ष नेताहरुबीच बजेटमा देखिएको असन्तुष्टिलाई संशोधन गर्ने समझदारी बनेको नेताहरुले दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्