Logo

बजेटको सिलिङ नघटाऔँ: पौडेल



काठमाडौँ, २५ वैशाख । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले आगामी आ.व.२०८०/८१ मा बजेटको सिलिङ नघटाउन सरकारलाई आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा आ.व.२०८०/८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलमा भाग लिँदै सांसद पौडेलले बजेटको सिलिङ नघटाउन आग्रह गरेका हुन् ।

उनले करको दायरामा वृद्धि गरेर र सहुलियतमा ऋण लिएर भए पनि बजेटको सिलिङ घटाउनु नहुने बताए । उनले वैदेशिक अनुदान लिने, बेरुजुलाई नियमन गर्ने र भ्रष्टाचारलाई नियन्त्रण गरेर अर्थ प्रणालीलाई सुधार्नुपर्नेमा जोड दिए ।

उनले भने ‘बजेटको सिलिङ निकै घटाउनेतिर नसोच्नको निम्ति म सुझाव दिन चाहन्छु । खोजौँ, बरु करको दायराहरुलाई वृद्धि गरौँ । सफ्ट लोनमा वैदेशिक अनुदान लिनेकुरा अघि भियतनामको कुरा सुनाउनुभयो । संसारमा प्रगति गर्ने देशहरुले अरु देशबाट सफ्ट लोनमा व्यवस्था गरेर देशलाई अगाडी बढाएको हामी पाउँछौँ। डराउनु हुँदैन । अर्थमन्त्रीज्यूलाई मेरो अनुरोध के छ भने तपाईले आँट गर्नुस् । संसारभरीका सम्भावना भएका खोजौँ। नेपाल भित्रका सम्भावना पनि हामीले खोजौँ । त्यसो गरियो भने सम्भव छ ।’

प्रतिक्रिया दिनुहोस्