काठमाडौं, १५ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले बजेटमा आशा जगाउने कुरा केही नभएको वताउनुभएको छ ।
सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष लिङदेनले वजेटमा केही नयाँ नभएको टिप्पणी गर्नुभएको छ ।’
अनुमान, अनुदान र ऋणमा आधारित बजेट भएको बताउदै उहाले भन्नुभयो, ‘बजेटमा आशा जगाउने कुरा केही छैन । बजेटमा नयाँ भनेको सीता दाहाल नेच्युरोपेथी कलेज स्थापना र प्रधानमन्त्री छोरी कार्यक्रम आएका छन् ।’
उहाले अधिकांश पुरानै कार्यक्रम आएको भन्दै बजेट लोकप्रियता र वितरणमुखी भएको प्रतिक्रिया दिनुभएको छ ।