काठमाडौँ, १६ जेष्ठ । प्रमुख प्रतिपक्षी एमालेका सांसद तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले बजेट अनुत्तरदायी र हावा भएको टिप्पणी गरेका छन् ।
संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत भइसकेपछि संसद् भवनमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै पूर्व अर्थमन्त्री पौडेलले बजेट अनुत्तरदायी र हावा भएको बताएका हुन् ।
सरकारले आफ्नो सीमा र हैसियत बिर्सेर बजेट ल्याएको उनको भनाइ छ । पौडेलले अर्थमन्त्रीको पदीय हैसियतलाई दुरुपयोग गरेर चुनावमा भोट बटुल्नका लागि मात्रै बजेट आएको बताए ।
उनले सरकारले राखेको आठ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पूरा हुन नसक्ने दाबी गरेका छन् । निश्चित नेताहरूलाई लक्षित गरेर बजेट आएको उनको भनाइ छ ।