Logo

बझाङमा दुई वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा ६८ वर्षीय पुरुष पक्राउ



बझाङमा, १६ फागुन । खप्तडछान्ना गाउँपालिका-७ मा दुई वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा ६८ वर्षीय पुरुष पक्राउ परेका छन् ।

गत शुक्रबार अपराह्न बालिकालाई बलात्कार गरेको आमाको उजुरीको आधारमा प्रहरीले ती पुरुषलाई पक्राउ गरेको हो । ती पुरुषलाई उनकै घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डीएसपी जागेश्वर भण्डारीले बताए ।

पीडक पक्षले गाउँमै घटना मिलाउन दबाब दिएको आमाले बताइन् । जिल्ला प्रहरी कार्यालय बझाङका प्रवक्ता प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बालिका बलात्कारको मुद्दा दर्ता भइसकेको बताए । उनले भने, ‘स्वास्थ्य परीक्षणको रिपोर्टमा पनि बलात्कार भएको हुन सक्ने उल्लेख छ । हामीले मुद्दा दर्ता गरिसकेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्