बझाङ, ५ मंसिर । बझाङमा भोलिदेखि मतगणना सुरु हुने भएको छ ।
जिल्लाको विकट साईपाल गाउँपालिकाका वडा नम्बर ३, ४ र ५ नम्बरका मत पेटिका पुगेपछि मात्रै मतगणना थालिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
साईपाल गाउँपालिका वडा नम्बर १ र २ को मतपेटिका भने पैदलबाट सोमबार बेलुका सदरमुकाम चैनपुरमा ल्याइएको छ । केही क्षेत्रबाट भने आज हेलिकप्टरमार्फत मतपेटिका ढुवानी गर्ने भनिए पनि हेलिकप्टर नआएका कारण समस्या भएको हो ।
हेलिकप्टर मंगलबार बिहान आउने जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी दिए ।