Logo

बझाङ भूकम्पबाट घर भत्किएकालाई ५० हजार रुपैयाँ दिने प्रधानमन्त्रीको घोषणा



बझाङ, १९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बझाङ केन्द्रविन्दु भएको भूकम्पबाट पूर्ण क्षति भएका प्रतिघरपरिवारलाई अस्थायी आवास निर्माणका लागि तत्कालै ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।

शुक्रवार हेलिकप्टरबाट बझाङको सदरमुकाम चैनपुर पुगेर भूकम्पबाट भएको क्षति अवलोकनपछि प्रधानमन्त्री प्रचण्डले अस्थायी आवास निर्माणका लागि तत्कालै ५० हजार रुपैयाँ दिने घोषणा गरेका हुन् । उनले भूकम्पका कारण ज्यान गुमाएका व्यक्तिका परिवारलाई दुई लाख रुपैयाँ राहत दिने बताए ।

यस्तै भूकम्पबाट प्रभावित अरू परिवारलाई राहतस्वरूप परिवार सङ्ख्याको आधारमा मापदण्डअनुसार १५ देखि २० हजार रुपैयाँ तत्काल राहत खर्च व्यवस्था गर्ने प्रचण्डले बताएका छन् ।

भूकम्पका कारण घाइते भएकाहरूको नि:शुल्क उपचारको व्यवस्था मिलाउनुको साथै पाल, कम्बल, औषधि, खाद्यान्न, लत्ताकपडा लगायत राहत सामग्रीहरू उपलब्ध गराएको र आवश्यकताका आधारमा थप गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्