Logo

बञ्चरेडाँडाबाट पक्राउ परेका स्थानीय २२ घण्टापछि छुटे



काठमाडौँ, २६ जेठ । काठमाडौँको फोहोर अवरोध गर्ने क्रममा बञ्चरेडाँडाबाट पक्राउ परेका तीन जना २२ घण्टापछि छुटेका छन् ।

बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिका अध्यक्ष श्रीराम ढुंगाना, श्रीकृष्ण बजगाई र तपन उप्रेती छुटेका हुन ।

फोहोर अवरोधका क्रममा बुधबार प्रहरीले पक्राउ गरी नुवाकोट प्रहरी चौकीमा राखिएको थियो ।बुधबार प्रहरी र स्थानीयबीच झडप हुँदा बञ्चरेडाँडा तनावग्रस्त बनेको थियो । अध्यक्ष ढुंगानाले प्रधानमन्त्रीले वार्ता गर्न बोलाएको भन्दै छोडिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्