Logo

बञ्चरेडाँडामा आजदेखि नियमित फोहर विसर्जन



काठमाडौँ, ३ भदौ । बञ्चरेडाँडामा आजदेखि नियमित रुपमा फोहर विसर्जन भएको छ ।

काठमाडौँ महानगरपालिका, स्थानीय बासिन्दासहित सरोकारवालाबीच सहमति भए पछि काठमाडौँबाट फोहर बोकेका गाडी नियमित रुपमा बञ्चरेडाँडा पुग्न थालेका छन् ।

बिहानैदेखि त्यहाँ फोहर विसर्जन भइरहेको र काठमाडौँबाट पनि गाडी पुगिरहेका काठमाडौँ महानगरपालिकाले जनाएको छ । महानगरले आजदेखि दैनिक ३ सय गाडीबाट फोहर विसर्जनको तयारी गरेको छ । ल्यान्टफिल्ड साइटमा पर्ने धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर १ का बासिन्दाले पनि आज फोहर बोकेका गाडीलाई रोकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्