
काठमाडौँ, २५ जेठ । काठमाडौं उपत्यकाको फोहोर नुवाकोटको बञ्चरेडाँडामा फ्याँक्ने क्रममा स्थानीयले अवरोध गरेपछि तनावको स्थिति सिर्जना भएको छ ।
बुधबार फोहोर फाल्नेक्रममा स्थानीयले अवरोध गरेपछि प्रहरीले केही राउण्ड अश्रुग्यास हानेको छ । स्थानीयले ढुंगामुढा गरेपछि स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास हान्नु परेको प्रहरीको भनाई छ । मंगलबार पनि यहाँ फोहोर फाल्ने विषयमा तनाब भएको थियो ।
अहिले ल्यान्डफिल साइटमा अवस्था तनावग्रस्त छ। फोहोर विसर्जनमा स्थानीयले अवरोध गरेसँगै २ सय जनाभन्दा बढी प्रहरी परिचालन गरिएको छ।







