Logo

‘बढीभन्दा बढी महिला उम्मेदवार खडा गर्न प्रत्यनशील छौँ’



काठमाडौँ, १३ असोज । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा धेरै संख्यामा महिलाहरूलाई उम्मेदवार बनाउन प्रयास गरिरहेको बताएका छन् ।

बिहीबार अखिल नेपाल महिला संघको कार्यक्रममा उनले प्रयास गरेपनि पर्याप्त मात्रामा गर्न नसकिएको स्वीकार गरेका थिए ।

“बढीभन्दा बढी महिला दिदीबहिनीहरूलाई उम्मेदवार खडा गर्नका लागि चाहे त्यो समानुपातिक होस् वा प्रत्यक्षमा प्रयत्नशील छौँ,” उनले भने, “तर, प्रयत्नशील भएर पनि पर्याप्त मात्रमा गर्न सकिएको अवस्था छैन ।”

उनले मंसिर ४ मा हुने निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउने गरी लाग्न निर्देशन पनि दिए ।

खनालले समानुपातिकतर्फ भइरहेको भन्दा दुई-तीन गुणा मत ल्याउनुपर्ने बताए । पार्टीलाई देशको अगुवा, क्रान्तिकारी शक्तिको रूपमा विकास गर्ने संकल्पसहित अघि बढ्न पनि उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्