Logo

बढ्यो सुनको मूल्य



फायल तस्बिर

काठमाडौँ, २८ फागुन । हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा एक हजार सात सय रुपैयाँले बढेको छ ।

सुनको भाउ आज तोलामा एक लाख ३ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि शुक्रबार सुनको भाउ तोलामा एक लाख एक हजार ८ सय रुपैयाँ थियो ।

यस्तै, चाँदीको भाउ पनि आज तोलामा २५ रुपैयाँले बढेर एक हजार दुई सय ४५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्