काठमाडौँ, १७ फागुन । मंगलबार स्थिर रहेको सुनचाँदीको भाउ आज भने बढेको छ ।
आज सुनको भाउ तोलामा एक लाख दुई हजार तीन सय रुपैयाँमा पुगेको छ । यो भाउ हिजोको भन्दा तोलामा ५ सय रुपैयाँले धेरै हो ।
यस्तै, चाँदी पनि आज भाउ बढेर तोलाको एक हजार दुई सय ७० रुपैयाँमा पुगेको छ । आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेको हो ।