Logo

बन्दसत्रअघि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

सवा ९ बजेबाट बन्दसत्र, १ देखि ६ बजेसम्म उम्मेदवारी दर्ताको समय



काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज १५ औं महाधिवेशनस्थल खुलामञ्चमा बस्ने भएको छ ।

बैठकमा बन्दसत्रमा पेस गर्ने प्रतिवेदनउपर छलफल हुने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

कार्यसमिति बैठक सम्पन्न भएलगत्तै महाधिवेशनको बन्दसत्र सुरु हुनेछ ।

बन्दसत्रमा सभापति गगन थापाले राजनीतिक प्रतिवेदन, महामन्त्रीले विधान संशोधन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेस गर्नेछन् । बन्दसत्रमा पेस हुने प्रतिवेदनमाथि देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरूबीच समूहगत छलफल हुनेछ ।

सवा ९ बजेबाट बन्दसत्र, १ देखि ६ बजेसम्म उम्मेदवारी दर्ताको समय

बिहान सवा ९ बजेबाट तीनवटा हलमा बन्दसत्र सुरु हुनेछ । बन्दसत्रमा पार्टी सभापतिको प्रतिवेदन पेस गरिनेछ भने त्यसलगत्तै विधान संशोधन सम्बन्धी प्रस्ताव प्रस्तुत गरी विस्तृत छलफल अघि बढाइने जनाइएको छ । विधानमाथिको छलफलपछि दिउँसो साढे ११ बजे प्रतिनिधिको खानाका लागि समय निर्धारण गरिएको छ ।

यसैगरी महाधिवेशनमा विभिन्न पदका लागि दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारी दरखास्त दिने समय तोकिएको छ । इच्छुक उम्मेदवार तथा प्रतिनिधिहरूलाई पार्टीको आधिकारिक सर्कुलर बमोजिम आवश्यक तयारीसहित उपस्थित हुन आग्रह गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्