Logo

बन्दीप्रत्यक्षीकरणको रिटमा निरन्तर सुनुवाइ



काठमाडौँ, २४ कात्तिक । तिहार बिदामा पनि बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने भएको छ ।

यही कात्तिक २६ गते आइतबारदेखि भाइटीकाको दिनबाहेक अन्य दिन बिहान ११ बजेदेखि ३ बजेसम्म अदालत खुला रहने भएको हो ।

सर्वोच्च अदालत प्रशासनले आज जारी गरेको सूचनाअनुसार न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा बन्दीको रिट निवेदनमा सुनुवाइ हुनेछ ।

प्रतिक्रिया दिनुहोस्