Logo

बन्दुकधारीको आक्रमणमा परी ३ जना नाइजेरियाली प्रहरीको मृत्यु



अबुजा, ११ वैशाख । मध्य नाइजेरियाको एक प्रहरी चौकीमा अज्ञात बन्दुकधारीहरूले आक्रमण गर्दा शनिबार बिहान तीन प्रहरी अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मध्य राज्य कोगीको अदावी स्थानीय सरकार क्षेत्रमा भएको आक्रमणलाई नियन्त्रणमा ल्याउने प्रयास गर्दा प्रहरी अधिकारीहरू मारिएको राज्यका प्रहरी प्रमुख एडवर्ड एग्बुकाले एक विज्ञप्तिमा उल्लेख गरेका छन् ।

सुरक्षा सुविधामा छिर्ने प्रयास गर्दै छिटपुट गोली हानेका बन्दुकधारीहरूले ूड्युटीमा रहेका प्रहरीहरूलाई चकित पार्ने गरी आक्रमण गरेको,ू उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्