Logo

बबई नदीमा दाउरा सङ्कलन गर्ने क्रममा डुबेर तीन बेपत्ता



बर्दिया, २८ साउन । बबई नदीमा दाउरा सङ्कलन गर्ने क्रममा तीन युवक छुट्टाछुट्टै स्थानबाट डुबेर बेपत्ता भएका छन् ।

बगेर बेपत्ता हुनेमा गुलरिया-१२ भैसाहीका ३० वर्षीय बालकृष्ण थारु, गुलरिया-२ का अक्षय चौधरी र महेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले जानकारी दिए ।

बेपत्ताको खोजी कार्य जारी रहेको जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले बताए ।

पैनीमा डुबेको अवस्थामा शव फेला

मोरङको सुन्दरहरैँचा-१२ मा एक भारतीय युवकको शव शङ्कास्पद अवस्थामा भेटिएको छ ।

भारतको उत्तर प्रदेश घर भएका २४ वर्षीय साजिक खानको शव आज पैनीमा डुबिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनास्थल र शवको प्रकृति हेर्दा खानको हत्या भएको हुनसक्ने आशङ्का प्रहरीले गरेको छ ।

खानको निधार, मुखलगायत शरीरका विभिन्न भागमा चोट रहेको अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रहरीले घटनाको थप अनुसन्धान सुरू गरेको छ ।

प्रतिक्रिया दिनुहोस्