Logo

बबई र कर्णाली नदीमा शव फेला



सांकेतिक तस्बिर

बर्दिया, ३१ असोज । बर्दियाको बबई नदीमा बगेर आएको अवस्थामा पुरुषको शव फेला परेको छ ।

ठाकुरबाबा नगरपालिका-१ बबई नदीमा अन्दाजी ६० वर्षका पुरुषको तारजालीमा अडकिएको अवस्थामा फेला परेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

शव सनाखत हुन नसकेको सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढामगरले बताए ।

यस्तै कर्णाली नदीस्थित गेरुवा गाउँपालिका-१ इन्टेकमा एक अन्दाजी ६५ वर्षका पुरुषको शव फेला परेको छ ।

काम गर्न गएका राजापुर नगरपालिका-१ सोनपुरका डिल्लीराज शर्माको खसेर मृत्यु भएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्