पेरिस, २८ साउन । फ्रान्सको मध्य पेरिसमा रहेको एफिल टावरमा बम भएको खबर आएपछि खाली गराइएको छ । बम रहेको आशङ्कामा तीन तला खाली गरिएको हो ।
मिडिया रिपोर्टका अनुसार एफिल टावरलाई बमको धम्की दिइए पछि सावधानीका रूपमा यसलाई खाली गरिएको हो । साथै शनिबारसम्म सर्वसाधारणका लागि बन्द गरिएको छ ।
एफिल टावर सञ्चालित संस्था एसईटीईले बम डिस्पोजल विशेषज्ञ र प्रहरीले एउटा तल्लामा रहेको रेस्टुरेन्टलगायत क्षेत्रमा खोजी गरेको फ्रान्स २४ ले रिपोर्ट गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन् ।
यो संसारमा सबैभन्दा धेरै भ्रमण गरिएको पर्यटक स्थलहरू मध्ये एक हो । गत वर्ष यसले ६.२ मिलियन यात्रुलाई आकर्षित गरेको थियो ।







