काठमाडौँ, १ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको हिरासतमा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा लगिएको छ ।
आइतबार खाँणसहित १२ आरोपितमाथि अदालतबाट चार दिनको म्याद थप गरेको प्रहरीले सोमवार खाँणलाई बयानका लागि लगेको हो ।







