Logo

बयान दिन सिंहदरबार पुगे प्रधानन्यायाधीश जबरा



काठमाडौँ, १५ भदौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सिंहदरबार पुगेका छन् । आफूविरुद्ध लागेको महाअभियोगबारे वयान दिनकाे लागि संसदीय समितिमा सहभागी हुन उनी बुधबार सिंहदरबार पुगेका हुन् ।

महाभियोग छानबिनका लागि प्रतिनिधि सभामा गठित महाभियोग सिफारिस समितिको बैठक केहीबेरमा सुरु हुँदैछ । नेपालको न्यायिक तथा संसदीय इतिहासमा पहिलो पटक प्रधानन्यायाधीशसँग बयान लिन लागेको हो ।

१ फागुनमा सत्तारुढ दलले महाअभियोग लगाएपछि २३ फागुनमा प्रतिनिधिसभाले महाअभियोग सिफारिस समिति गठन गरेको थियो । सोही सिफारिस समितिले पहिलो पटक बयान लिन लागेको हो ।

११ सदस्यीय सिफारिस समितिमा रामबहादुर विष्ट, मीनबहादुर विश्वकर्मा, एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, यशोदा गुरुङ सुवेदी, रेखा शर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र डा. शिवमाया तुम्बाहाङ्फे सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्