नेपालगन्ज, १७ मंसिर । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ वडाअध्यक्ष पदमा नेपाली काँग्रेसका अमिन थारुले फराकिलो अग्रता लिएर बिजयी हुनु भएको छ।
राति ९ः३० बजेदेखि सुरु भएको मतगणनाअनुसार नेपाली काँग्रेसका अमिन थारूले १ हजार ४३ मत प्राप्त गरेर बिजयी हुनुभयो। दोस्रो स्थानमा नेकपा माओवादी केन्द्रका शेरबहादुर थारु हुनुभयो, उहाँले ६७८ मत प्राप्त गर्नुभयो । तेस्रो स्थानमा रहनु भएका नेकपा (एमाले) का बिष्णु देवकोटाले ३३७ मत मात्र प्राप्त गर्नुभयो ।
मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएकोछ। ३ हजार ५१० मतदाता रहेको सो वडामा २ हजार २३९ मत खसेको थियो।