काठमाडौँ, ६ असार । आठ वर्षअघि किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डे भनिने मनोजकुमार जैशी पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
पाण्डे सोमवार डिल्लीबजार कारागार चलान भएका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । आज जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले पाण्डेलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।
सन् २०१४ मा भएको मिस ग्लोबल इन्टरनेशनल प्रतियोगितमा सहभागी एक किशोरीले सौन्दर्य प्रतियोगिताका नाममा आफूलाई आठ वर्षअघि पटक-पटक बलात्कार गरेको भन्दै सामाजिक सञ्जालमा भनेकी थिइन् । त्यसपछि अर्की एक बालिकाले आफूलाई पनि मनोज पाण्डेले यौन शोषण गरेको घटना सार्वजनिक गरेपछि प्रहरीले मनोज पाण्डेलाई गएको जेठ ७ गते पक्राउ गरेको हो ।