झापा, ८ भदौ । १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा झापामा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका–१ बस्ने ३२ वर्षीय उज्वल खुलाल छन् ।
उज्वलले ती बालिकालाई ०७८ माघ १० गते राती बुद्धशान्ति गाउँपालिका–१ पुलचोकस्थित होटल र पुनः ईलाम हर्कटेस्थित होटलमा लगि बलात्कार गरेको उजुरी परेका थियो ।
उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।






