Logo

बलात्कार आरोप लागेका क्रिकेटर लामिछाने आज नेपाल आउने



काठमाडौँ, २० असोज । किशोरीलाई बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने नेपाल आउने भएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले बिहीबार बिहान १० बजे विमानस्थल आइपुग्ने जनाएका हुन् ।

‘प्रहरी अधिकारीसमक्ष आत्मसमर्पण गर्ने प्रतिबद्धताबमोजिम म बिहान १० बजे कतार एयरवेजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिँदैछु’, उनले लेखेका छन्, ‘मैले यसबारे प्रहरी अधिकारीलाई जानकारी गराइसकेको छु ।

सन्दीप सीपीएलको सिलसिलामा वेष्ट इन्डिज गएका थिए । गत भदौ २१ गते १७ वर्षीया किशोरीले बलात्कारको आरोप लगाएपछि लामिछानेलाई प्रहरीले २३ गते पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्