Logo

बलात्कार गरेको आरोप लागेका सन्दीपलाई जिल्ला अदालत ल्याइयो



काठमाडौँ, २४ असोज । एक किशोरीलाई बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई प्रहरीले जिल्ला अदालत ल्याएको छ ।

सोमबार बिहान कार्यालय खुल्नेवित्तिकै प्रहरीले सन्दीपलाई जिल्ला अदालतमा ल्याएको हो ।

गत बिहीबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रहरी समक्ष आत्मसमर्पण गरेका राष्ट्रिय क्रिकेट टोलीका निवर्तमान कप्तान लामिछाने प्रहरी वृत्त गौशालाको हिरासतमा छन् ।

दशैं बिदाका कारण प्रहरीले म्याद थप गर्न नसकेको हो । सोमबार अदालतबाट म्याद थप गरी लामिछानेसँग बयान लिन सुरु गरीने प्रहरीले जनाएको छ ।

१७ वर्षीया किशोरीले बलात्कृत भएको भन्दै उनीविरुद्ध २० भदौमा प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दर्ता गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्