आज, २२ पुस । घरेलु कामदारको रुपमा राखिएकी १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख ध्रुवकुमार शिवाकोटीसंग झापा जिल्ला अदालतमा बयान लिइएको छ ।
हिजो दिउँसो करिब ३ घण्टा शिवाकोटीसंग बयान लिइएको हो । उनीविरुद्ध शुक्रवार झापा जिल्ला अदालतमा अभियोग पत्र दायर गरिएको थियो । हिजो बयानमा नै समय सकिएकाले थुनछेक बहस हुन पाएन । हाजदेखि बहस शुरु हुने जनाइएको छ । शिवाकोटीको पक्षमा अशोक पोखरेल, गजेन्द्र आचार्य, टंक उप्रेतीजस्ता कानुन व्यवसायीहरूले बहस गर्न लाग्नुभएको छ ।
घरेलु कामदारको रूपमा राखिएकी नाबालिकालाई करणी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ परेकै दिनदेखि बीएण्डसी अस्पतालमा राखेको छ । स्वास्थ्यमा समस्या भएको देखिएपछि शिवाकोटीलाई अस्पतालमा भर्ना गरिएको थियो । प्रहरीले उनलाई गत मङ्सिर २४ गते पक्राउ गरेको थियो ।