भारत १३ वैशाख । सचिन तेन्दुलकरकी छोरी साराले छिट्टै बलिउडमा डेब्यू गर्ने तयारी गरेको भारतीय मिडियाले जनाएका छन् ।
मिडिया रिपोर्टका अनुसार सारा फिल्ममा धेरै चासो राख्छिन् र ग्लामर संसारमा आफ्नो करियर बनाउन चाहन्छिन्। हाल, उनी एक व्यावसायिक मोडेल हुन् र अभिनयको सीप पनि सिकेकी छिन्।
साराले युनिभर्सिटी अफ लण्डनबाट मेडिसिन पढेकी छिन् । यसअघि उनले धिरुभाई अम्बानी इन्टरनेशनल स्कुलमा पढाइ गरेको थिइन् । उनी २४ वर्षकी भइन् । उनको इन्स्टाग्राम खातामा १९ लाख भन्दा बढी फलोअरहरू छन् । साराले इन्स्टाग्राममा प्रायः आफ्नो ग्लामरस तस्विर, भिडियो यहाँ शेयर गर्छिन्।
सारा खासै हेडलाइनमा रहँदैनन्, त्यसैले उनको अभिनय कौशलबारे मानिसहरूलाई अझै थाहा छैन । साराका आमाबाबुले पनि उनको निर्णयमा समर्थन गर्छन् र छोरीको अभिनेत्री बन्ने निर्णयमा उनीहरूलाई कुनै आपत्ति छैन ।