पाकिस्तान, ४ असार । बलुचिस्तान प्रान्तको हर्नाई जिल्लामा रहेको एक श्रम शिविरमा बन्दुकधारीहरूले गोली चलाउँदा तीन जना कामदारको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन् ।
प्रहरी स्रोतलाई उद्धृत गर्दै डनले जनाएअनुसार शुक्रबार करिब १०० जना कामदारसहितको श्रम शिविरमा बन्दुकधारीले गोली चलाएको थियो ।
जियो न्युजका अनुसार बन्दुकधारीहरूले पाल र मेसिनमा पनि आगो लगाएका थिए । बलुचिस्तानमा यस्ता हमलाहरू बढ्दै गएका छन् ।