Logo

बल्खुमा दुई पक्षबीच ढुंगा हानाहान



काठमाडौँ, ७ मङ्सिर । बल्खुमा दुर्गा प्रसाईंको कार्यक्रमस्थलमा दुई पक्षबीच ढुंगा हानाहान भएको छ ।

बिहीबार मध्यान्हमा बल्खु पुगेका युवा संघ कार्यकर्ता र प्रसाईं पक्षबीच ढुंगा हानाहान भएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले बल्खुमा कार्यक्रम गर्न प्रसाई पक्षलाई दिएको थियो । युवा संघलाई भने तीनकुनेमा दिएको छ । युवा संघका कार्यकर्ताहरू बल्खु पुगेपछि झडप भएको हो ।

प्रतिक्रिया दिनुहोस्