Logo

बल्खुमा पुरुषको शव भेटियो



काठमाडौँ, २६ कात्तिक । काठमाडौँ महानगरपालिका-१४ बल्खुस्थित सुकुम्वासी बस्तीको टहरामा बस्दै एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

मोरङको पथरी शनिश्चरे नगरपालिका-१ का स्थायी बासिन्दा ४५ वर्षीय गोकुल खड्कालाई प्रहरीले आज मृत अवस्थामा फेला पारेको हो ।

उक्त घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्