
झापा, ११ जेष्ठ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षी-धरमपुर खण्डमा यात्रुवाहक बसको ठक्करबाट एक जना प्रहरीसहित दुई जनाको मृत्यु भएको छ ।
ट्राफिक प्रहरीका अनुसार मृत्यु हुनेमा मोरङ पथरीशनिश्चरे-८ का २६ बर्षिय प्रकाश राई र भोजपुर षडानन्द नगरपालिकाका २६ बर्षिय जितुहाङ राई रहेका छन ।
आज बिहान को १ ख ७१८७ नम्बरको झुल्केदेवी यातायातको यात्रुवाहक बसले मोटरसाइकलमा सवार उनीहरुलाई ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । उनीहरु मध्ये एक जना प्रहरी जवान भएको र एक जना भर्खरै स्थानीय निर्वाचनमा खटिएका म्यादी प्रहरी भएका बताइएको छ ।






