Logo

बसको ठक्करबाट पैदल यात्रीको मृत्यु



झापा, १ चैत । झापाको कमल गाउँपालिका-५ सीतापुरीमा गएराति बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

लु १ ख ८८३६ नम्बरको बसको ठक्करबाट इलाम सूर्योदय नगरपालिका-१ सिर्जना टोलका ३९ वर्षीय कमल राईको मृत्यु भएको हो ।

बसको ठक्करबाट घाईते भएका राईलाई उपचारको लागि लाईफलाईन अस्पताल दमक पठाएकोमा अस्पताल पुर्याउना साथ मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्