Logo

बसको ठक्करबाट भरतपुरमा बालकको मृत्यु



चितवन, २२ फागुन । चितवनको भरतपुरमा बसको ठक्करबाट बालकको मृत्यु भएको छ ।

नारायणगढबाट माडीतर्फ जाँदै गरेको ना४ख ५८१५ नम्बरको बसले नौ वर्षीय आरुष पौडेललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

गएराति भरतपुर महानगरपालिका-७ स्थित माछापुच्छ्रे चोक नजिकै ‘जेब्रा क्रसिङ’मा हिँडिरहेका बेला बालक पौडेललाई बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।

माडी नगरपालिका-८ बस्ने चालक विकास सार्कीलाई प्रहरीले सीताराम चोक पुगेपछि नियन्त्रणमा लिएको थियो । घटनामा बसमा सवार भरतपुर-७ बस्ने २१ वर्षीया कोपिला राई पनि घाइते भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्