Logo

बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु



जलेश्वर, ७ भाद्र । महोत्तरीको जलेश्वर-जनकपुर सडकखण्डको परिकौली चौकमा आज सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जनकपुरको मिथिला इन्ष्टिच्युट अफ टेक्नोलोजी (मिट)क्याम्पसबाट विद्यार्थी बोकेर जलेश्वर आउँदै गरेको बा २ ख १५३६ नं को बसले जलेश्वर नगरपालिका-९ स्थित परिकौली चौकमा ज८प ९२६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक जलेश्वर नगरपालका-९ परिकौलीका ३५ वर्षीय सन्तोष यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए ।

लोक सेवा आयोग जलेश्वरमा कार्यालय सहयोगी भई काम गर्दै आएका यादव कार्यालयको कामले जनकपुर जाँदै गर्दा दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।

बसको ठक्करबाट गम्भीर घाइते भएका यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल जलेश्वरमा पु¥याएको थियो । अस्पताल पुग्ने वित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्