Logo

बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु



काठमाडौँ, २१ असार । भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा४ख २२१२ नंको बसले काठमाडौँतर्फ जाँदै गरेको बा७८प १०८३ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

आज मध्यपुरथिमी नगरपालिका-३ गठ्ठाघरस्थित ट्राफिक कार्यालय अगाडि अरनिको राजमार्गमा भएको उक्त दुर्घटनामा स्कुटरमा सवार काठमाडौँ जडीबुटीस्थित बर्गर हाउसमा कार्यरत २४ वर्षीय रेजिना तामाङको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

दुवै साधन एकापसमा ठोक्किए दुर्घटना हुँदा स्कुटर चालक रामेछाप दोरम्बा गाउँपालिका-५ घर भई हाल काठमाडौँ जडीबुटी बस्ने १८ वर्षीय सिद्धार्थ मगरको भक्तपुर इन्टरनेशनल अस्पताल कौशलटारमा उपचार भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्