धादिङ, ६ भदौ । धादिङमा भएको बस दुर्घटनामा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइतेको उद्धार गरिएको छ । यसैगरी नेपाल प्रहरी, गोताखोरसहितको सशस्त्र प्रहरी र स्थानीय उद्धार कार्य गरिरहेका छन् ।
धादिङको गजुरी र मलेखुको बीचमा पर्ने छहरा नजिकै प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा परेको बस सडकबाट त्रिशुली नदीमा खसेको थियो ।







