रुपन्देही, २२ जेठ । रुपन्देहीको रोहिणी खोलामा रात्रि बस दुर्घटना हुँदा मृत्यु हुने ९ जनामध्ये चार जनाको पहिचान खुलेको छ ।
पहिचान हुनेहरुमा बुटवल योगीकुटीका ५६ वर्षीय विष्णु पौडेल, रौतहट जिल्लाका २० वर्षीय दिनेश दास, बुटवल-११ कालिकानगरका कृष्णप्रसाद बस्याल र रुपन्देहीको ओमसतिया-४ मटेरियाका राजेन्द्रप्रसाद पाण्डे रहेका छन् ।
जनकपुरबाट भैरहवाका लागि छुटेको लु २ ख ३८४१ नम्बरको बस आज बिहान भैरहवा-परासी हुलाकी राजमार्ग खण्डको रोहिणी पुलबाट खोलामा खस्दा ९ जनाको मृत्यु हुनुका साथै २३ जना यात्रु घाइते भएका थिए ।







