Logo

बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ११ जना घाइते



सप्तरी, ९ असार । सप्तरीमा बस दुर्घटना हुँदा एक जना यात्रुको मृत्यु भएको छ । दुर्घटनामा अन्य ११ जना यात्रु घाइते भएका छन् ।

पूर्व-पश्चिम राजमार्गको हनुमाननगर कंकालिनी नगरपालिका-१ मा बुधवार बस पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दुर्घटनामा एक जना महिलाको ज्यान गएको र परिचय भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले जानकारी दिए ।

घाइतेमध्ये ६ जनाको भारदह अस्पतालमा र पाँच जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्