Logo

बहराइनसहित ७ देशका राजदूतले लिए शपथ



काठमाडौँ, ३२ असार । विभिन्न सात देशका लागि नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त सात जना नेपाली राजदूतहरूले राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रवार आयोजित एक समारोहबीच शपथ लिएका हुन् ।

शपथ लिने राजदूतहरूमा तीर्थराज वाग्ले (बहराइन), डोरनाथ अर्याल (ओमान), नवराज सुवेदी (साउदी अरेबिया), बासुदेव मिश्र (श्रीलङ्का), भरतकुमार रेग्मी (अस्ट्रिया) तथा संयुक्त राष्ट्र सङ्घ कार्यालय भियनाका लागि नेपालको स्थायी प्रतिनिधि, सुशीलकुमार लम्साल (इजिप्ट) र घनश्याम भण्डारी (बङ्गलादेश) रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्