Logo

बहुचर्चित पतञ्जली जग्गा प्रकरण : प्रचण्ड–माधवबीच सघन छलफल



काठमाडौं, २९ जेठ । समसामयिक राजनीतिक, पछिल्लो राजनीतिक घटनाक्रम र संसद्को गतिरोधबारे छलफल गर्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा एकीकृत समाजवादीबाट वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र नेता शेरबहादुर कुँवर सहभागी थिए ।

माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्डसँगै उपमहासचिव वर्षमान पुन र प्रमुख सचेतक हितराज पाण्डे पनि सहभागी थिए ।

नेताहरूका अनुसार भेटमा संसद्मा देखिएको अवरोधको निकास खोज्ने विषयमा प्रमुखताका साथ छलफल गरिएको थियो ।

साथै पछिल्लो समयको राजनीतिक परिस्थिति, सत्ता समीकरण र सम्भावित सहकार्यबारे पनि कुराकानी भएको जनाइएको छ ।

माधव नेपाल पतञ्जली जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा तानिएका छन् । यसबारे छानविन जारी छ ।

प्रतिक्रिया दिनुहोस्