Logo

बहुप्रतिक्षित चलचित्र भुल भुलैया ३ को टिजर सार्वजनिक, विद्या बालनको खतरनाक अवतार



काठमाडौं, १२ असोज । भुल भुलैया ३ को टिजर टिजर सार्वजनिक भएको छ । सन् २०२४ को बहुप्रतिक्षित चलचित्र ‘भुल भुलैया ३’ को निर्माताले आज सामाजिक सञ्जालमा टिजर सार्वजनिक गरेका हुन् ।

इन्टरटेनमेन्ट न्यूज इण्डस्ट्री स्टार कार्तिक आर्यन फेरि एक पटक ‘रुह बाबा’को स्टाइलमा देखिएका छन् । यससँगै विद्या बालनलाई फिल्मको टिजरमा खतरनाक अवतार देख्न पाइन्छ ।

यसरी ‘मन्जुलिका’ र ‘रुह बाबा’बीचको लडाइँ हेर्न रोचक हुनेछ । यससँगै कार्तिक आर्यन र तृप्ति डिम्रीको रोमान्सले पनि फ्यानहरुको ध्यान आकर्षित गर्नेछ । यतिबेला चलचित्र ‘भुल भुलैया ३’ को टिजर निकै रुचाइएको छ ।

१ मिनेट ४६ सेकेन्डको टिजर सिंहासनको दृश्यबाट सुरु हुन्छ। यसमा कार्तिक आर्यनको भ्वाइसओभर छ । भिडियोमा मञ्जुलिकाको भूमिकामा विद्या बालन डरलाग्दो अवतारमा एक हातले सिंहासन उचालिरहेको देखिन्छ। यसपछि कार्तिक आर्यन आफ्नो रुह बाबा अवतारमा देखिएका छन् ।

टिजरमा तृप्ति डिमरी चिसो हावाको झ्याल झैं देखिएकी थिइन् । उनले कार्तिककी प्रेमिकाको भूमिका निभाएकी छिन् । टिजरमा राजपाल यादव, सञ्जय मिश्रा र अश्विनी कालसेकर पनि देखिएका छन् । लोकप्रिय गीत अमी जे तोमर र ब्याकग्राउन्डमा टाइटल ट्र्याकको प्रयोग भएको संगीत टिजरको प्लस पोइन्ट हो । भुल भुलैया ३ को पहिलो झलक प्राप्त हुनासाथ फ्यानहरुको उत्साह पनि बढेको छ ।

अनीस बज्मीद्वारा निर्देशित र भुषण कुमार, कृष्ण कुमार र मुराद खेतानी द्वारा निर्मित, भुल भुलैया ३ दीपावली २०२४ को अवसरमा थिएटरहरूमा रिलिज हुनेछ। फिल्मको कथा, पटकथा र संवाद आकाश कौशिकले लेखेका हुन् । यो फिल्म अर्को ठूलो प्रोजेक्ट, कप युनिभर्सको फिल्म सिंघम अगेनसँग टक्कर हुनेछ।

प्रतिक्रिया दिनुहोस्