काठमाडौँ, १७ भदौ । नेपाली कांग्रेसकी नेत्री एवम् कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा.आरजु राणा देउवाले नेपालका बाँदरहरूको परिवार नियोजन गर्नुपर्ने टिप्पणी गरेकी छन् ।
आइतवार समितिको बैठकमा सभापति राणाले बाँदरले बालिनालीमा क्षति पुर्याएर किसानलाई खान नै नपुग्ने अवस्था सिर्जना गरेको भन्दै बाँदरलाई परिवार नियोजन गरेर सङ्ख्या घटाउनुपर्ने धारणा राखेकी हुन् ।
उनले बाँदरको संरक्षण गरेर कुनै फाइदा नभएको जिकिर गरेकी थिइन् । छिमेकी देश भारतको हिमाञ्चल प्रदेशमा पनि बाँदरको परिवार नियोजन गरिएको उदाहरण दिँदै नेपालमा पनि त्यस्तै गर्नुपर्ने उनको भनाइ थियो ।
उनले भन्नि ‘बाँदर संरक्षण गर्नु राम्रो हो । म संरक्षणवादी नै हो । तर मान्छेले खान नपुग्ने गरेर संरक्षण गरेर फाइदा छैन । यो कलिङको प्रिन्सिपल हामीले ल्याउनुपर्यो । बाँदरलाई त परिवार नियोजन गरे हुने रहेछ । हिमाञ्चल प्रदेशमा त त्यही गरेको रहेछ । हाम्रो जस्तै थियो रे, परिवार नियोजन गरेर दुई/तीन वर्षमा कम भयो ।’







