Logo

बागमतीका मुख्यमन्त्रीले आज शपथ लिने



काठमाडौँ, २६ पुस । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मंगलबार शपथ ग्रहण गर्दैछन् ।

मंगलबार बिहान ९:३० बजे मुख्यमन्त्री जम्कट्टेललाई शपथ गराउने कार्यक्रम तय भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रदेशको चौथो मुख्यमन्त्री नियुक्त भएका जम्कट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ ग्रहण गराउन लागेका हुन् ।

शपथ लिएलगत्तै उनले तीन सदस्यीय मन्त्रिपरिषद् पनि विस्तार गर्ने भएका छन् । उनले नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपा संसदीय दलका नेता उद्धव थापालाई सरकारमा लैजान लागेका हुन् ।

थपलियाले अर्थ मन्त्रालय सम्हाल्न छन् भने थापाको मन्त्रालय अझै टुंगिएको छैन । जम्कट्टेलले आफूलाई समर्थन गरेका दलहरूसँगको छलफलपछि मन्त्रिपरिषदलाई पूर्णता दिने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्