काठमाडौँ, १७ असार । बागमती प्रदेश सरकारको नेतृत्व परवर्तन गर्न नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका सांसदले दबाब बढाएका छन् । सहमति अनुसार मुख्यमन्त्री राजेन्द्र पाण्डेले बजेट पास भएलगत्तै राजीनामा दिनु पर्ने भन्दै काँग्रेस माओवादी दबाब बढाएका हुन् ।
काँग्रेस र माओवादी सांसदले बेग्लाबेग्लै हस्ताक्षर संकलन सुरु गरेका छन् । मुख्यमन्त्रीलाई दबाब दिन हाल माओवादी केन्द्र र नेपाली काँग्रेसबाट मन्त्रिपरिषद्मा सहभागी मन्त्री तथा राज्यमन्त्री फिर्ता बोलाउने तयारी गरेका छन् ।
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई हटाएर नेपाली काँग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बनाउने विषयमा सत्तारुढ दलहरुबीच छलफल भएको छ ।







