Logo

बागमती एमालेको नेतृत्व चयनका लागि आज मतदान हुँदै



काठमाडौँ, ११ असोज । नेकपा एमालेको प्रदेश अधिवेशन अन्तर्गत आज बागमतीमा मतदान हुँदैछ ।

बागमती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान हुन लागेको हो ।

एमाले पार्टी कार्यालय च्यासलमा मतदानका लागि अन्तिम तयारी भइरहेको छ । नेकपा एमालेको बागमती प्रदेश अध्यक्षको लागि पाँच जनाको उम्मेदवारी परेको छ ।

कृष्णप्रसाद दाहाल, कैलाश ढुंगेल, सानु श्रेष्ठ, केशरबहादुर बुढाथोकी र केशव पाण्डेले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका निर्वाचन समितिले जनाएको छ । ४० वटा भोटिङ मेसिन प्रयोग गरेर मतदान हुँदैछ ।

एमाले बागमतीमा एक हजार १ सय ६४ जना मतदाता रहेका छन् । ५ जना पदाधिकारीका लागि २६ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा दावादोर्जे लामा, नारायणप्रसाद खतिवडा, सुवासचन्द्र ठकुरी, ईश्वरचन्द्र पोखरेल र राजेन्द्र राजथला रहेका छन् ।

सचिवमा रत्न गुरुङ, नवराज सिलवाल, हस्तबहादुर पण्डित, रामकुमार अधिकारी तथा उपसचिव दुई पदका लागि १२ जनाको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया दिनुहोस्